दैलेख अपडेटः बस दुर्घटनामा चार जनाको मृत्यु, ३९ घाइते
काठमाडाैं | जेठ १२, २०७९
विष्णु शर्मा
दैलेख- मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सिस्नेमा भएको दूर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीनजनाको घटनास्थलमै र एकजनाको राती उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका २ का प्रेम सुनार र काँशिराम पाण्डे रहेका छन् भने कालिकोट जिल्ला पलाता गाउँपालिका ३ का ज्ञान बहादुर वम र धनकलाशाही रहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिनुभयो ।
दुर्घटनामा ३९ जना घाईते भएका छन् । घाइतेलाई रातभर उद्धार गरि थपउपचारका लागि सुर्खेत कालागाउँ अस्पतालमा पुर्याइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।
घटना लगत्तै दैलेखको आठवीस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्याय, राकमको प्रहरी टोली घटनास्थलमा पुगेर घाईतेको उद्धारको काम सुरु गरिएको थियो । उद्धार भएकाहरुलाई कोहीलाई एम्बुलेन्स त कोहीलाई अन्य बसहरुमा सुर्खेत पठाईएको छ ।
दुर्घटना भएको बस सडक भन्दा ५० मिटर तल कर्णाली नदिको तिरमा खसेको छ । बसमा करिव ५० जनाभन्दा बढी यात्रा गरेको र तीब्र गतिका कारण बस दुर्घटना हुन सक्ने प्रहरीले पुर्वानुमान गरेको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

